धनगढी । नेपाली सेनाले बाजुरास्थित बडीमालिका मन्दिर पुनर्निर्माण गरेको छ ।
पुरातत्त्व विभागको स्वीकृत ड्रइङ डिजाइन तथा प्राविधिक सहयोग एवम् बाजुरास्थित त्रिवेणी नगरपालिकाको समन्वयमा दुई महिना लगाएर मौलिकस्वरूपमै मन्दिर पुनर्निर्माण कार्य सम्पन्न गरिएको हो ।
मन्दिरको संरक्षण, संवर्द्धन तथा प्रवर्धन गर्ने उद्देश्यअनुरूप २०८१ चैत २८ गतेबाट सुरु गरिएको पुनर्निर्माण यही असार २३ गते सम्पन्न भएको सेनाले जनाएको छ ।
प्रतिकूल मौसम, भौगोलिक विकटतालगायत विभिन्न चुनौतीका बीच रक्षा मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्त्व विभाग, त्रिवेणी नगरपालिका, बडीमालिका नगरपालिका, मन्दिरका पुजारी, दक्ष कालिगड र स्थानीयहरूको सहयोगमा पुनर्निर्माण कार्य सम्पन्न भएको सेनाले बतायो ।
पुनर्निर्माणको समयमा पनि श्रद्धालु भक्तजनहरूलाई मन्दिर दर्शन खुला गरिएको थियो । समुद्री सतहबाट ४२ सय मिटरभन्दा उचाइमा अवस्थित बडीमालिका ऐतिहासिक, पुरातात्त्विक एवं धार्मिक महत्वको बोकेको मन्दिर हो ।
प्रतिक्रिया