ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डोटीमा निर्वाचन गराउने जिम्मा १०७९ कर्मचारीलाई

बुधबार १३, फागुन २०८२ १०:४७

डोटी । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डोटीमा एक हजार ७९ कर्मचारी खटाउन थालिएको छ । मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारीहरुलाई मतदान स्थलमा खटाउन थालिएको हो । 

जिल्लामा एक अस्थायीसहित एक सय ८१ मतदान केन्द्र रहेका छन् । प्रत्येक मतदान स्थलमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत तथा ३०० भन्दा माथि मतदाता भएका केन्द्रमा तीन र ती सयभन्दा कम मतदाता भएका केन्द्रमा दुई सहायक कर्मचारी र प्रत्येक केन्द्रमा एक सहयोगी कर्मचारी खटाइएको छ । जिल्लामा ३०० भन्दा कम मतदाता भएका सात केन्द्र रहेका छन् । 

मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुका लागि बिहीबार र शुक्रबार तालिम आयोजना गरिएको थियो । निर्वाचन शान्तिपूर्ण र भयरहित रुपमा सम्पन्न गर्न आवश्यक सुरक्षा योजना बनाइ कार्यान्वयन भइरहेको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी दिइन् । 

प्रतिक्रिया