ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बाजुरामा नदीले बगाउँदा एकजनाको मृत्यु

सोमबार ३०, असार २०८२ ०३:३६

बाजुरा । बुढीगंगा नगरपालिकामा बुढीगङ्गा नदीले बगाउँदा आज एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा बुढीगंगा(२ ताँप्राका ३७ वर्षीय लोकबहादुर बुढथापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए । उनका अनुसार बुढीगङ्गा–३ र ६ मा पर्ने बुढीगंगा नदीको किनारमा दाउरा निकाल्ने क्रममा नदीले बगाएर उनको मृत्यु भएको हो । 

दाउरा ल्याउन गएका बुढथापा घर नफर्किएपछि खोजी गर्दा करिब एक किलोमिटर तल नदीको किनारमा शव भेटिएको प्रहरी नायब उपरीक्षक हवारीले बताए । उनको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ । 

प्रतिक्रिया