ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा बालिका अपहरण गर्न खोजेको आरोपमा एकजना पक्राउ

शुक्रबार ०२, साउन २०८२ ०५:५८

धनगढी । धनगढीमा बालिका अपहरण गर्न खोजेको आरोपमा एकजना पक्राउ परेका छन् ।

धनगढी– १३ हिमाली टोलमा १० वर्षीया बालिकालाई घरमै पुगेर अपहरण गर्न खोजेको भन्दै एक पुरुषलाई स्थानीय बासिन्दाले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार धनगढी– ११ बेलीका रामचन्द्र जोशी पक्राउ परेका हुन् । ‘जोशीको मानसिक अवस्था कमजोर रहेको देखिएको छ,’ डीएसपी सिंहले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको छ ।’

प्रतिक्रिया