काठमाडौं । पत्रकार रवीन्द्र प्रजापति आफ्नै घरमा मृत फेला परेका छन् । रौतहटको कटहरिया नगरपालिका– ५ का ३० वर्षीय प्रजापति शनिबार राति करिब ९ बजे घरको कोठामा झुण्डिएको अवस्थामा फेला परेका थिए ।
परिवारका सदस्यहरूले तत्कालै नजिकैको स्वास्थ्य चौकी हुँदै गरुडास्थित ग्राण्डी अस्पताल पुर्याएका थिए । तर, उपचारका क्रममा राति १० बजे चिकित्सकले मृत घोषणा गरेको रौतहटका प्रहरी प्रवक्ता डीएसपी दीपक रायले जानकारी दिए ।
उनले जेठको अन्तिम सातामा समाचार सम्प्रेषणको विषयलाई लिएर कटहरिया नगरपालिकाका मेयर जयप्रकाश जयसवालबाट धम्कीसमेत पाएको बताइएको छ ।
प्रतिक्रिया