ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

इजरायलले गाजा क्षेत्रमा नरसंहार गरेको आरोप

शुक्रबार २१, मङि्सर २०८१ ११:००

काठमाडौं । मानवअधिकार संगठन एमनेष्टी इन्टरनेशनलले इजरायलले प्यालेस्टीनीहरुको नरसंहार गरेको आरोप लगाएको छ । यद्यपि इजरायलले यस्तो आरोप पटकपटक खारेज गर्दै आएको छ ।

स्थानीय स्वास्थ्य अधिकारीहरुले भने पछिल्लो पटक इजरायलले गरेको आक्रमणमा कम्तिमा ४७ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ ।


एमनेष्टी इन्टरनेशनलले सार्वजनिक गरेको एक नयाँ रिपोर्टमा लेखिएको छ, ‘इजरायलले गाजा क्षेत्रमा गरेको नरसंहारले कानुनी सीमा नाघेको छ । प्यालेस्टिनीहरुले कुपोषण र रोगसँगसँगै ठूलो क्षति व्यहोरिरहेका छन् ।’

इजराली सेनाले भने एमनेष्टी इन्टरनेशनलको रिपोर्टलाई पूरै निराधार भएको दाबी गरेको छ । इजरायलले आत्मरक्षा गर्दै अन्तर्राष्ट्रिय कानुनको सम्मान गरिरहेको जनाएको छ ।


गत सात अक्टुबरमा हमास लडाकुहरु गाजा क्षेत्रबाट इजरायलको भूमिमा प्रवेश गरी आक्रमण गरेका थिए । त्यतिबेला १० नेपालीसहित १२ सय इजरायलीको मृत्यु भएको थियो ।

त्यसलगत्तै इजरायलले हमासलाई समाप्त पार्ने भन्दै प्यालेस्टाइन र गाजा क्षेत्रमा सैन्य कारबाही सुरु गरेको थियो । त्यसयता करिब ५० हजार जनाको ज्यान गइसकेको बताइन्छ । भौतिक संरचनाहरु ध्वस्त भएका छन् भने लाखौं व्यक्ति विस्थापित भएका छन् ।

प्रतिक्रिया