टीकापुर । नवजीवन सहकारी संस्था लिमिटेडको ३१औँ वार्षीक साधारणसभा सम्पन्न भएको छ। नवजीवन सहकारी संस्थाका अध्यक्ष देवबहादुर बमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरी रहेका थिए ।
टीकापुरमा भएको सभालाई सम्बोधन गर्दै मन्त्री चौधरीले केही व्यक्तिका कारण सहकारी देशव्यापी रुपमा बदनाम भइरहेको र राजनीतिक रुपमा निराकरण हुन नसक्दा समस्या बल्झिएको बताए ।
सहकारीका अध्यक्ष देवबहादुर बमले २०८१ असार मसान्तमा सहकारीको शेयर पूँजी ३० करोड ८० हजार, शेयर सदस्य ३४ हजार ३९५ पुगेको, जगेडा तथा कोषहरुमा ६२ करोड रुपिया रहेको बताए ।
यस्तै २०८१ असार मसान्तमा ४ अर्ब ४ करोड रुपिया लगानी रहेको, खुद मुनाफा १६ करोड ४१ लाख रहेको र भाका नाघेको ऋण ३ प्रतिशतमा सिमित राखेको छ शेयर सदस्यहरुलाई १३ प्रतिशतका दरले हुन आउने रकम करिब ४ करोड लाभांश वितरण गरिने जानकारी दिइएको छ। सहकारीले करीब ५० लाख रकम शेयर सदस्यहरुको हितमा सहयोग गरेको जानकारी दिइएको छ ।
सहकारीले सुदूरपश्चिम र लुम्विनी प्रदेशमा गरी १० वटा सेवा केन्द्र, लघुवित्त कार्यक्रम र कुटानी पिसानी गर्ने मिलसहितको कृषि उपआयोजना सञ्चालन गरिरहको छ । सहकारीको काठमाडौं र डडेलधुरामा शाखा खोल्ने अनुमति विभागबाट लिएको भए पनि ती क्षेत्रमा यस घि सञ्चालित सहकारीले वचतकर्ताको ठूलो रकम हिनामिना गरी भागेकाले तत्काल शाखा खोल्ने काम स्थगित गरेको छ ।
प्रतिक्रिया