ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढी जेसीजको नयाँ कार्यसमिति चयन, अध्यक्षमा भट्ट

शनिबार २२, मङि्सर २०८१ ०७:१९

धनगढी । धनगढी जेसीज वर्ष २०२५ का लागि नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार भएको ४२औं अधिवेशनबाट लोकराज भट्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

जेसीजको कार्यकारिणी उपाध्यक्षमा दीपक गौतम र यज्ञराज जोशी, उपाध्यक्षमा सन्तोष पन्त, चेतराज पाण्डेय, कमल बम र केशव अवस्थी चयन भएका छन् । 

यस्तै कानुनी सल्लाहकारमा हरि जोशी, महासचिवमा आशिष शाह र कोषाध्यक्षमा महेश्वर ओझा चयन भएका छन् । सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको धनगढी जेसीज वर्ष २०२४ का अध्यक्ष अरुण सिंहले बताए । 

प्रतिक्रिया