धनगढी । कैलालीमा ८ जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको चुरे गाउँपालिकाद्द५ स्थित खानिडाँडा बजारबाट ८ जना जुवाडेलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार ३२ वर्षीय अर्जुन सापकोटाको घरमा जुवातास खेलिरहेका सापकोटासहित ८ जनालाई पक्राउ गरिएको छ ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय फल्टुडेबाट खटिएको प्रहरी टोलीले नगद ५५ हजार ९९० सहित पक्राउ गरेको हो ।
प्रतिक्रिया