ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा करोड बढीको सुनचाँदी र नगदसहित तीन जना पक्राउ

आइतबार २३, मङि्सर २०८१ ०८:०८

धनगढी । सशस्त्र प्रहरीले कैललालीको भजनीबाट एक करोड रुपैयाँभन्दा धेरै मूल्यको सुन, चाँदी, नगद तथा अन्य सामानसहित तीन जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नम्बर ७ वैद्यनाथ बाहिनीका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक उद्धव न्यौपानेका अनुसार भजनी नगरपालिका–५ स्थित कौवाखेडा सीमा क्षेत्रबाट शनिबार साँझ उनीहरूलाई उक्त सामानसहित नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा सुर्खेतका चौकुनी गाउँपालिका–१० बस्ने ३६ वर्षीय महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका–१ बस्ने ३१ वर्षीय हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका– ११ बस्ने ३२ वर्षीय महेश सुनार रहेका न्यौपानेले जानकारी दिए । 

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलाली मातहतको बोर्डर आउट पोष्ट पगियापसारले उनीहरूलाई उक्त सामानसहित नियन्त्रणमा लिएको हो ।

भारतबाट नेपालतर्फ आउँदै गर्दा शङ्का लागि जाँच गर्दा ८० लाख ७९ हजार ५ सय ६१ रुपैयाँ मूल्य पर्ने ६ सय २० ग्राम सुन, १५ लाख २८ हजार ४ सय ६० रुपैयाँ बराबरको ८ किलो ९ सय १४ ग्राम चाँदी,  विभिन्न दरका ६ लाख ११ हजार ६ सय २५ भारतीय रुपैयाँ, साउदी रियाल, विभिन्न किसिमका चार थान मोबाइल सेट र चाँदीका लेप लगाएका भाडाकुडा फेला परेका छन् । 

उनीहरुको साथमा रहेको सामानको स्रोत नखुलेपछि नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको न्यौपानले बताए । एसएसपी न्यौपानेका अनुसार पक्राउ परेकाहरूलाई बरामद सुन ,चाँदी, नगद र अन्य सामानसहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बुझाउने तयारी छ । 

प्रतिक्रिया