ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढी र गोदावरीबाट ११ लाखको सामान बरामद

आइतबार २४, मङि्सर २०८१ ०८:४५

धनगढी । कैलालीको धनगढी र गोदावरी नगरपालिकाबाट झण्डै ११ लाखको सामान बरामद गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटिएको प्रहरी टोलीले १० लाख ९१ हजार ८०९ मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको हो । 

जिल्ला प्रहरी कार्यालय कैलालीका सहप्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार धनगढी उपमहानगरपालिकाको ट्राफिक चौराह, संचयकोष कार्यालय धनगढी नजिक र बोराडाँडीबाट १० लाख ५३ हजार ८०९ बराबरको मोबाइलका कभर, किरानाका सामान र मोजाहरु बरामद गरिएको छ । 

यस्तै गोदावरी नगरपालिका–९ बालुवाटारबाट ३८ हजार बराबरको स्पिकर, पम्पको वासर र किराना सामान बरामद गरिएको छ । 

प्रतिक्रिया