धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ ले ‘हरियो वडा अभियान’ सञ्चालन गरेको छ । शनिबार ‘हरियो वडा अभियान’को थालनी गर्दै १५ हजार बिरुवा वितरण गरिएको छ ।
‘एक घर, दुई बोट रोपौ’ भन्ने नारासहित ‘हरियो वडा अभियान’ थालिएको वडा अध्यक्ष गजेन्द्र शाहीले बताए । उनका अनुसार वडा कार्यालयले प्रत्येक घरधुरीलाई दुई वटा बिरुवा वितरण गरेको हो ।
मुख्य रूपमा आँप र मरिङ्गाका बिरुवा वितरण गरिएको वडा अध्यक्ष शाहीले बताए । वडा सदस्य दत्तुराम पाण्डेयका अनुसार वडा नम्बर ५ मा रहेका पाँच हजार पाँच सय घरधुरी र वडाभिर रहेका विद्यालयलाई बिरुवा वितरण गरिएको जानकारी दिए ।
प्रतिक्रिया