बैतडी । दार्चुलामा एक किशोर मृत फेला परेका छन् । बैतडीको डिलाशैनी गाउँपालिका–५ घर भएका १५ वर्षीय सन्दीप जोशी सोमबार राति मृत फेला परेका हुन् ।
दार्चुलाको भू–तथा जलाधार कार्यालयमा कार्यरत आफ्नै बुवासँग दार्चुला सदरमुकाम खलंगामा बस्दै आएका जोशी मृत फेला परेका हुन् । उनको शव झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
महेन्द्र मावि खलंगमा कक्षा १० मा अध्ययनरत सन्दीपको मृत्यु भएपछि जोशी परिवार शोकमा डुबेको छ ।
प्रतिक्रिया