ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरमा बलात्कार आरोपमा नगर प्रहरी इन्चार्ज पक्राउ

मङ्गलबार ०३, भदौ २०८२ ०५:५३

धनगढी । कञ्चनपुरमा बलात्कार आरोपमा नगर प्रहरी इन्चार्ज पक्राउ परेका छन् ।

भीमदत्त नगरपालिकाका नगर प्रहरी इञ्चार्ज रहेका ३२ वर्षीय सहायक निरीक्षक सुरेन्द्र बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए । 

उनका अनुसार साउन ३० गते ३२ वर्षीया एक महिलाले बोहराविरुद्ध जबरजस्ती करणी आरोप लगाउँदै जाहेरी दिएकी थिइन् ।

जाहेरीकी आधारमा बोहरालाई पक्राउ गरिएको डीएसपी बोहराले बताए । ‘जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका डीएसपी बोहराले भने ।

प्रतिक्रिया