डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिका–४ रज्यौडामा भरुवा बन्दुकसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराको टोलीले मंगलबार साँझ गरेको खानतलासीमा स्थानीय दीपक सिँजालीको घरबाट एक थान भरुवा बन्दुक बरामद गरेको हो ।
त्यस्तै, अर्का स्थानीय गगन बोहराको कोठाबाट समेत अर्को एक थान भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।
बरामद दुईमध्ये एक बन्दुकसहित सिँजालीलाई नियन्त्रणमा लिइएको छ भने बोहरा भने फरार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बोहराको खोजी कार्य जारी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया