धनगढी । कैलालीमा आठ जना जुवाडे पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका– ८ मसुरिया बजारस्थित सोही नगरपालिका– ७ बस्ने ३० वर्षीय टेक मन्नीले सञ्चालन गरेको चाइनिज कर्नर सेन्टरको कोठाभित्र जुवातास खेलीरहेको अवस्थामा आठ जनालाई पक्राउ गरिएको हो ।
गोप्य सूचनाको आधारमा खानतलासी गर्दा जुवातास खेलिरहेको अवस्थामा टेक मन्नीसहित आठ जनालाई दुई लाख १३ हजार २७० नेपाली र चार हजार पाँच सय भारतीय रुपैयाँसहित पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मसुरियाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया