ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

अछाममा खोलाले बगाउँदा बालिकाको मृत्यु

बिहिबार ०५, भदौ २०८२ ११:३६

अछाम । उपचार गरेर घर फर्कने क्रममा खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका–४ कुस्कोट निवासी खडक साउँदकी ७ वर्षीया छोरी कृति साउँदको मृत्यु भएको हो ।

मामा घर साँफेबगर नगरपालिका–१३ बाब्लाबाट उपचार गरेर सोही वडाको बुढाबगर बजारबाट फर्किने क्रममो साँघुरोबाटबाट इकडी खोलामा खसेपछि बगेर मृत्यु भएको अछाम प्रहरीले जानकारी दिएको छ । 

इकडी खोलाले बगाएपछि प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजी गर्दा तीन किलोमिटर तल मृत अवस्थामा भेटिएको बताइएको छ । 

प्रतिक्रिया