काठमाडौं । सुटकेसभित्र युवतीको शव भेटिएको छ । रौतहटको गौर नगरपालिका– ९ मा सडक किनारमा सुटकेसभित्र शव भेटिएको हो ।
सुटकेसमा डोरीले बाँधिएको अवस्थामा भेटिएको शव रौटहटको माधवनारायण नगरपालिका– २ महादेवपट्टी माइत भएकी २६ वर्षीया रुवीकुमारी साहको भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार साहको भारतको मजफरपुरमा विवाह भएको थियो । उनी हाल माइतीमा बस्दै आएकी थिइन् ।
प्रतिक्रिया