ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली कारागारका थुनुवाको मृत्यु

सोमबार ०९, भदौ २०८२ ०३:३०

धनगढी । कैलाली कारागारका एक थुनुवाको मृत्यु भएको छ । कैलालीको टीकापुर नगरपालिका–४ का ५६ वर्षीय रामकिसन चौधरीको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार स्वास्थ्यमा समस्या भएपछि चौधरीलाई २ बजे सेती प्रादेशिक अस्पताल पुगाइएको थियो । अस्पताल पुगाएको २० मिनेटमै चिकित्सकले चौधरीलाई मृत घोषणा गरेको डीएसपी सिंहले बताए । 

चौधरीलाई साउन २९ गते जबरजस्तीकरणी मुद्दामा पुर्पक्षका लागि कारागार चलान गरिएको थियो । 

पछिल्लो दुई महिनाको अवधिमा कैलाली कारागारका तीन जना कैदीबन्दीको मृत्यु भइसकेको छ । बैंकिङ कसुरमा दोषी ठहर भएर कैलाली कारागारमा सजाय भुक्तान गरिरहेका डडेल्धुराको भागेश्वर गाउँपालिका– ५ का २८ वर्षीय हरिसिंह पालीको २ असारमा मृत्यु भएको थियो । 

२३ साउनमा भएको हिंसात्मक झडपमा धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको मृत्यु भएको थियो ।

प्रतिक्रिया