बाजुरा । बाजुराको बुढीगङ्गा नदीमा एकजना मृत फेला परेका छन् । मृत फेला पर्नेमा जिल्लाको बडिमालिका नगरपालिका –२ का अन्दाजी २२ वर्षीय हिमाल महत रहेका छन् ।
गत सोमबार बिहान घरदेखि बुढीगङ्गा खोलामा माछा मार्न गएका महतको खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
अहिले उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरामा राखिएको छ ।
प्रतिक्रिया