धनगढी । ठगी गरेको आरोपमा डडेल्धुराका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भागेश्वर गाउँपालिका–५ घर भई हाल काठमाडौं नयाँबानेश्वर बस्ने २४ वर्षीय सुरेश नाथ रहेका छन् ।
उनले दुई जनाबाट क्यानडा पठाइदिन्छु भनी १७ लाख रुपैयाँ उठाएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
नाथले लामो समयसम्म पीडितहरूलाई विदेश लैजाने आश्वासन दिँदै ढिलाइ मात्र गर्दै आएका थिए । तर अन्ततः सम्पर्कविहीन भएपछि पीडितहरूले प्रहरीमा गुहार गरेका थिए । त्यसपछि प्रहरी टोलीले उनलाई नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।
हाल सुरेशलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको छ।
प्रतिक्रिया