बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जिल्लाकोे दशरथचन्द नगरपालिका– ४ शाहीलेक नजिक उग्रतारा यातायातको से १ ज २४५ नम्बरको जिप बुधबार दिउँसो दुर्घटनामा परेको हो ।
दशरथचन्द नगरपालिका– ११ ग्वालेकका ५० वर्षीया हरिना जोशी, दशरथचन्द नगरपालिका– ६ का २१ वर्षीय अर्जुन महर, दशरथचन्द नगरपालिका– ४ का ३४ वर्षीय धिरेन्द्र खत्री, दशरथचन्द नगरपालिका– ४ का २१ वर्षीय लक्ष्मण नाथ, दशरथचन्द नगरपालिका– ६ का २२ वर्षीय भुपेश जोशी, पुर्चौडी नगरपालिका– ४ का ३८ वर्षीया हिरा भट्ट, पुर्चौँडी नगरपालिका – ५ का १७ वर्षीय रिकेश पार्की घाइते भएका छन् ।
यस्तै पुर्चौडी नगरपालिका– ५ का २८ वर्षिय दिनेश पार्की, पुर्चौडी नगरपालिका – ४ का २३ वर्षीय जनक भट्ट, पाटन नगरपालिका– ९ का १८ वर्षीय कबिराज भट्ट, पाटन नगरपालिका– ९ का २१ वर्षीय जनक भट्ट र पाटन नगरपालिका– ३ का ४२ वर्षीय डम्मर दत्त भट्ट पनि घाइते भएका छन् ।
घाइते सबैको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । चालक रोशन भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया