धनगढी । कैलालीमा नदीमा डुबेर बेपत्ता भएका चारै जना किशोरको शव भेटिएको छ । गोदावरी नगरपालिका–९ शेहरीस्थित खुटिया नदीमा डुबेर बेपत्ता भएका चारै जनाको शव फेला परेको हो ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दका अनुसार नदीमा नुहाउने क्रममा बेपत्ता भएका धनगढी उपमहानगरपालिकाका- ५ तारानगरका १७ वर्षीय सक्षम जोशी र साेही वडाकाे हसनपुरका १७ वर्षीय प्रतिक चौधरी तथा धनगढी- ४ उत्तरबेहडीका १५ वर्षीय जेव भण्डारी र साेही ठाउँका १७ वर्षीय जाबेज भण्डारीको शव फेला परेको हो ।
‘घटनास्थलको कार्य सकेर चारै शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा पठाउन लागिएको छ,’ डीएसपी चन्दले भने । डीएसपी चन्दका अनुसार सात जना किशोर शेहरीको झोलुंगे पुल नजिक पौडी खेल्न गएका थिए । ‘सातमध्ये चार जना डुबेर बेपता भएका थिए,’ उनले भने ।
प्रतिक्रिया