धनगढी । मौसममा आएको परिवर्तनसँगै सुदूरपश्चिमका विभिन्न जिल्लामा हिमपात भएको छ । सोमबार बिहानदेखि प्रदेशका पहाडी तथा हिमाली जिल्लामा हिमपात भइरहेको हो ।
दार्चुलाको अपिहिमाल गाउँपालिका र व्याँस गाँउपालिकाका विभिन्न स्थानसहित जिल्लाको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । हिमपातसँगै बढेको चिसोले अपिहिमाल क्षेत्रको जनजीवन प्रभावित भएको छ । सदरमुकाम खलंगासहित विभिन्न स्थानमा हल्का वर्षा समेत भइरहेकोले जिल्लाभरी चिसो बढेको छ ।
यस्तै, डडेल्धुराका विभिन्न क्षेत्रमा पनि हिमपात भइरहेको छ । जिल्लाको गन्यापधुरा गाउँपालिकाको साहुखर्क, हगुल्टे तथा जिल्ला सदरमुकाम क्षेत्रमा हिमपात भएको छ ।
यस्तै, डोटीमा पनि सोमबार बिहान हिमपात भएको छ । जिल्लाको बडीकेदार गाउँपालिकाकसंगै खप्तड क्षेत्रमा पनि हिमपात भएको छ । बैतडीका विभिन्न क्षेत्रमा पनि हिमपात भएको छ ।
प्रतिक्रिया