ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा खैरो हेरोइनसहित दुई जना पक्राउ

सोमबार १६, भदौ २०८२ १०:१५

धनगढी । कैलालीमा खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । नौ ग्राम २३० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) सहित दुई जना पक्राउ परेका हुन् ।

विशेष सूचनाको आधारमा आइतबार लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी चौकी गेटाबाट खटिएको संयुक्त टोलीले गोदावरी नगरपालिका–१ बिजौरास्थित माछापोखरी नजिकै चेकजाँच गर्ने क्रममा सोही ठाउँ बस्ने २७ वर्षीय राजु चौधरीलाई पक्राउ गरेको छ ।

चौधरीले चलाएको से ३ प ५१४१ नम्बरको मोटरसाइकलको अगाडिको भाइजर मुनि, ह्याण्डिलको टी–गार्डको प्वालभित्र लुकाएर राखिएको अवस्थामा ९ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, टीकापुर नगरपालिका–६ नारायणपुर चोकमा ४१ वर्षीय नारायण डगौरा पनि लागूऔषधसहित पक्राउ परेका छन् । उनलाई शंकास्पद अवस्थामा हिँडिरहेको बेला इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले चेकजाँच गर्दा मुखमै लुकाइराखेको अवस्थामा २३० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको हो ।

प्रतिक्रिया