धनगढी । सुदूरपश्चिमका सात पहाडी जिल्लाको लाइफलाइन सडकका रुपमा रहेको भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । पहिरोले राजमार्ग अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक डम्बर बिष्टका अनुसार गन्यापधुरा गाउँपालिका– १ स्थित भात्काडामा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको हो । भीमदत्त राजमार्ग सुदूरपश्चिमका तराईका जिल्लाबाट सात पहाडी जिल्ला जोड्ने एकमात्र स्तरीय सडक हो ।
यस्तै, डडेल्धुरा–डोटी जोड्ने केआइसिंह राजमार्ग भने सुचारु भएको छ । डडेल्धुराको रडुवा खोला क्षेत्रमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएकोमा अहिले सुचारु भइसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
सोमबार बिहान साढे ८ बजेदेखि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएकोमा १२ बजेदेखि सुचारु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक बिष्टले जानकारी दिए ।
प्रतिक्रिया