ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली प्रहरीको कमाण्ड सम्हालेका एसपी चन्द भन्छन्- शान्तिसुरक्षामा योजनाबद्ध काम गर्छु

सोमबार १६, भदौ २०८२ ०२:३७

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक  (एसपी) नरेन्द्रबहादुर चन्दले शान्तिसुरक्षामा योजनाबद्ध रुपमा काम गर्ने बताएका छन् । भर्खरै कैलाली सरुवा भएर आएका एसपी चन्दले आज सञ्चारक्रमीहरुसँग अन्तरक्रिया गर्दै यस्तो बताएका हुन् ।

उनले आफ्नो पाल्पा जिल्लापछिको दोस्रो कैलालीको जिल्ला कमाण्डलाई उपलब्धिमुलक बनाउने जिकिर गरे । उनले त्यसका लागि आफूले जिल्लाको शान्ति सुरक्षामा योजनाबद्ध काम गर्ने, लागुऔषध दुर्व्यसनी नियन्त्रणमा काम गर्ने र विद्यालयस्ततरसम्म विभिन्न कार्यक्रम लैनाने पनि बताए ।

त्यसका लागि उनले कार्यपत्र बनाएर योजनाबद्ध लागू गर्ने तयारी रहेको जनाए । यस्तै उनले कैलालीमा प्रहरीको आन्तरिक सुधारमा निर्मम भएर लाग्ने बताउँदै ट्राफिक प्रहरीको कामकारबाही सुधारबारे प्रयत्न गर्ने प्रतिबद्धता पनि गरे ।

यस अगाडिका एसपी बालनरसिंह राणा चार महिना नपुग्दै तानिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बाट चन्द पठाइएका हुन् । 

प्रतिक्रिया