ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

आज निजामती सेवा दिवस मनाइँदै

आइतबार २२, भदौ २०८२ १०:२७

निजामती कर्मचारीहरूले आज देशभर विभिन्न कार्यक्रम गरी निजामती सेवा दिवस मनाउँदै छन् । नेपालमा पहिलोपटक २२ भदौ २०१२ मा निजामती सेवासम्बन्धी ऐन जारी भएको दिनलाई अवसर पारेर दिवस मनाइएको हो । यो दिवस भने २०६१ सालपछि हरेक वर्ष मनाउन थालिएको हो ।

निजामती दिवसको अवसरमा आज कर्मचारीहरूलाई बिदा दिइएको छ । साथै, विभिन्न कार्यक्रमहरू भने गर्ने तयारी भएको छ । केही कर्मचारीहरू पुरस्कृत तथा सम्मानित पनि हुनेछन् ।

 

प्रतिक्रिया