ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयमा देउवाले के भने ?

आइतबार २२, भदौ २०८२ ०२:०२

काठमाडौं । अहिले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द छन् । सरकारको निर्णयपछि १९ गतेदेखि सामाजिक सञ्जाल बन्द हुँदै आएका छन् । 

उक्त निर्णयमा सत्ता साझेदार दल नेपाली कांग्रेसका नेताहरूले आपत्ति जनाएका छन् । आइतबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा नेताहरूले  सामाजिक सञ्जाल बन्द गरेको विषयमा आपत्ति जनाउँदै सरकारको ध्यानाकर्षण गराउनुपर्ने निष्कर्ष निकालेको हो ।

सभापति देउवाले पनि सरकारको उक्त निर्णयबारे बैठकमा कुरा गरेका थिए । उनले भनेका थिए,  ‘बन्द गर्नुपर्छ त भनेको छैन, नियमन गर्ने भनेको छ । सरकारको कुरा के रहेछ बुझौँ ।’

प्रतिक्रिया