धनगढी । कैलालीको अत्तरियामा भोलि चक्काजाम गरिने भएको छ । अत्तरिया चोकमा भोलि दुई घण्टा चक्काजामको कार्यक्रम राखिएको छ ।
गोदावरी नगरपालिकाका जनप्रतिनिधिले नै चक्काजाम गर्ने घोषणा गरेका हुन् । नगरपालिकाको वडा नम्बर ३, १०, ११ र १२ का वडाध्यक्षहरूले भोलि बिहान ९ बजेदेखि ११ बजेसम्म अत्तरिया चोकमा चक्काजाम गर्न लागेका हुन् ।
छ वर्षदेखि अलपत्र परेको चौकिडाँडा–फल्टुडे सडक निर्माणका लागि ठेकेदारले बेवास्ता गरेपछि चक्काजाम गर्नुपरेको जनप्रतिनिधिले बताएका छन् । चार वडाका जनप्रतिनिधिले विरोधस्वरुप यसअघि दुई दिनसम्म सडकबाट वडा कार्यालय सञ्चालन गरेका थिए ।
प्रतिक्रिया