काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि भएको प्रदर्शनमा झडप हुँदा ७७ जना घाइते भएका छन् । सुरक्षाकर्मी र प्रदर्शनकारीतर्फ घाइते हुनेको सङ्ख्या ७७ पुगेको हो ।
घाइतेहरूको मिनभवनस्थित सिभिल अस्पताल र ट्रमा सेन्टरमा उपचार हुँदैछ । सिभिल अस्पतालमा ५२ जनाको उपचार भइरहेको छ । ट्रमा सेन्टरमा १० जना प्रदर्शनकारी उपचाररत छन् ।
प्रदर्शनमा १५ जना सुरक्षाकर्मी घाइते भएको भएका छन् । एक जेनजी प्रदर्शनकारीको मृत्यु भएको छ ।
प्रतिक्रिया