धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले आज शोक बिदा दिएको छ । सोमबार भएको जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएकाहरुको शोकमा आज बिदा दिइएको हो ।
उपमहानगरपालिकाका प्रमुख गोपाल हमालद्वारा जारी सूचनामा भनिएको छ, ‘उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालयहरु, शिक्षण संस्थाहरु एवम् संघ संस्थाहरुलाई शोक बिदा दिने निर्णय भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’
सामाजिक सञ्जाल बन्दको विरोधसंगै भ्रष्टाचार र बेथितिविरुद्व जेनजी पुस्ता आन्दोलनमा छ । आन्दोलनकै क्रममा सोमबार १९ जनाको मृत्यु भएको थियो । सामाजिक सञ्जाल भने गय रातिदेखि चल्न थालेको छ ।
प्रतिक्रिया