ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डडेल्धुरामा सरकारको दमनविरुद्व प्रदर्शन, ओली र देउवाविरुद्ध नाराबाजी

मङ्गलबार २४, भदौ २०८२ १०:२५

धनगढी । काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा प्रदर्शन गरिएको छ । सरकारको दमनविरुद्ध जेनजी पुस्तासंगै अन्य सर्वसाधारणले प्रदर्शन गरेका हुन् । 

सुरुमा जिल्ला प्रशासन कार्यालय घेराउ गरिएकोमा अहिले जिल्ला सदरमुकाम बागबजारमा प्रदर्शन भइरहेको छ । 

उनीहरुले डडेल्धुरा बसपार्क छेउमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । ओली र काँग्रेस सभापति देउवाविरुद्व नारबाजी गरेका छन् । 

सामाजिक सञ्जाल बन्दको विरोधसंगै भ्रष्टाचार र बेथितिविरुद्व जेनजी पुस्ता आन्दोलनमा छ । आन्दोलनकै क्रममा सोमबार प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो । सामाजिक सञ्जाल भने अहिले सुचारु भइसकेको छ । 

प्रतिक्रिया