काठमाडौं । भक्तपुरस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवास आसपास पनि प्रदर्शनकारीहरू भेला जम्मा भएका छन्।
मंगलबार मध्याह्नमा प्रदर्शनकारीहरू ओली निवास बालकोट पुगेका हुन्।
प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले प्रदर्शन भइरहेको बताए।
‘प्रदर्शन ठाउँठाउँमा भइरहेको छ। बालकोटमा पनि भइरहेको छ,’ उनले भने, ‘अहिले पछिल्लो अपडेट अनुसार अश्रुग्यास प्रहार भएको छ।’
यस्तै उनले अहिलेसम्म प्रहरीलाई कुनै पनि अवस्थामा गोली नचलाउनु भनेको पनि बताए।
‘प्रहरीलाई आज संयमता अपनाउन भनेका छौं। गोली चलाउने आदेश दिइएको छैन। अधिकतम बल प्रयोगको रूपमा अश्रुग्यास र हवाइफायरसम्म भनिएको छ,’ सिडिओ घिमिरेले भने।
प्रतिक्रिया