काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले एमालेसँग सत्ता सहकार्य गर्दा गरिएको ७ बुँदे सहमतिको औचित्य सकिएको निष्कर्ष निकालेका छन् । उनीहरूले राजीनामा दिएर नवीन राष्ट्रिय सहमतिका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
७ बुँदेको औचित्य सकियो, सरकारबाट फिर्ता आउन मन्त्रीहरूलाई आग्रह राजीनामा दिएर नवीन रास्ट्रिय सहमतिका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । उनीहरूले जेन–जी पुस्ताले कुर्सी नमागेको र सडकमा निस्कँदा मृत्युवरण गर्नुपरेको बताएका छन् ।
सभापति शेरबहादुर देउवाले सरकारबाट मन्त्री फिर्ता बोलाउनुपर्ने र नबोलाए अन्य प्रक्रियाबाट निर्णय गरेर कदम चाल्न बाध्य हुने उनीहरुले बताएका छन् ।
प्रतिक्रिया