धनगढी । जिल्ला कारगार अछामको अवस्था तनावग्रस्त बनेको छ । कैदीबन्दीले तोडफोड र आगजनी सुरु गरेपछि सुरक्षाकर्मीसंग झडप भइरहेको छ ।
अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारुका अनुसार आगजनी र तोडफोड गरेर कैदीबन्दी भाग्न खोजेपछि अवस्था तनावग्रस्त बनेको हो ।
कारागारमा अहिले सेना परिचालन गरिएको सारुले बताए । कैदीबन्दीका आफन्तहरु कारगार परिसरमा पुगेर नाराबाजी गरिरहेका छन् ।
प्रतिक्रिया