ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

जेनजी आन्दोलन : तीन प्रहरीको मृत्यु

बिहिबार २६, भदौ २०८२ १०:१८

काठमाडौँ । जेनजी पुस्ताका नाममा भएको हिंसात्मक प्रदर्शनमा घाइते भएका तीन जना प्रहरीको मृत्यु भएको छ । 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले बुधबार उनीहरूको मृत्यु पुष्टि भएको जानकारी दिए । 

उनले महाराजगञ्ज प्रहरी वृत्तमा कार्यरत प्रहरी सहायक निरीक्षक मिलन राई र प्रहरी जवान उत्तम थापा तथा कोटेश्वरका प्रहरी जवान अमृत गुरुङको उपचारका क्रममा आज मृत्यु भएको राससलाई जानकारी दिए ।

यसअघि यही भदौ २३ गते भएको जेनजी पुस्ताको आन्दोलनमा १९ जनाको मृत्यु भएको थियो । अन्य ४०० बढी घाइते भएका थिए । 

यसैबिच उनले अहिलेसम्म देशभरका विभिन्न कारागारबाट १३ हजार ५०० बढी कैदी तथा  ५०० जति थुनुवा पनि फरार भएका जानकारी दिए ।

ती मध्ये केहीलाई भने पक्राउ गरिएको उनले बताए । 

प्रतिक्रिया