धनगढी । गौरीफन्टा नाका नजिक भारतीय जंगलमा बेहोस भेटिएका नेपाली युवाको मृत्यु भएको छ । शनिबार बिहान नाकामा बेहोस भेटिएका लम्कीचुहा नगरपालिका– ६ का भीमबहादुर देउवाको मृत्यु भएको हो ।
बेहोस भेटिएको झण्डै दुई घण्टापछि ती युवालाई सेती अस्पताल पुगाइएको थियो । अस्पतालममा चिकित्सकले देउवालाई मृत घोषणा गरेका हुन् ।
जंगलमा नेपालीहरुले नै देउवालाई बेहोस भेटेपछि भारतीय सुरक्षाकर्मीलाई बोलाएर नेपाली सीमासम्म ल्याएका थिए । कैलाली र कञ्चनपुरका प्रहरीले एकअर्काको जिम्मेवारी भएको भन्दै उद्दार गर्न नमानेपछि दुई घण्टासम्म बेहोस युवालाई त्यतै राखिएको थियो ।
भारतीय भन्सारमा कार्यरत नेपालीकै सहयोगमा बेहोस भेटिएको दुई घण्टापछि उनलाई सेती अस्पताल पुगाइएको छ ।
प्रतिक्रिया