ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढी पार्कचोक–कवर्ड हल सडकलाई जेनजी मार्ग नामाकरण गरिने

बुधबार ०१, असोज २०८२ ०२:३५

धनगढी । धनगढी मुख्य बजारस्थित पार्कचोकदेखि उत्तरतिरको सडकलाई जेनजी मार्ग नामाकरण गरिने भएको छ । जेनजीहरुको आन्दोलनका क्रममा ज्यान गुमाउनेहरुको सम्मानमा सडकको नामाकरण गर्न लागिएको हो ।

धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालले धनगढी–१, पार्कचोकदेखि पार्कमोड, कवर्ड हल हुँदै क्याम्पस रोड छुने सडकलाई जेनजी मार्ग नामाकरण गरिने बताएका छन् । उक्त सडक क्षेत्रलाई जेनजी मार्ग नामाकरण गर्ने सम्बन्धी प्रस्ताव नगरको कार्यपालिका बैठकमा लगिने उनले बताए ।

यो सडक क्षेत्रलाई जेनजी मार्गको नाम प्रयोग गर्न समेत नगर प्रमुख हमालले सामाजिक सञ्जाल फेसबुकबाट नगरबासीलाई आग्रह गरेका छन् । न्याय, अधिकार र परिवर्तनका लागि जेनजी आन्दोलनमा आफ्नो अमूल्य जीवन समर्पण गर्ने सहीदहरुप्रति श्रद्दाञ्जली व्यक्त गर्दै उनले सहीदको साहस सबैका लागि प्रेरणाको स्रोत रहेको बताए ।
 

प्रतिक्रिया