ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा आज बुढी पोल्ने पर्वको रौनक

बुधबार ०१, असोज २०८२ ०५:०४

बैतडी । सुदूरपश्चिममा आज बुढी पोल्ने पर्वको रौनक छ । हरेक वर्ष असोज सङ्क्रान्तिको दिन यो पर्व मनाइन्छ । 

यस पर्वलाई जनविश्वास, परम्परा र सामूहिक सहकार्यको प्रतीकका रूपमा लिने गरिन्छ । 

विभिन्न वनस्पति–फुर्केघाँस, तुसारो, बेल्डो, गर्ङलो, बाँस, झ्याङ तथा रुखका हाँगाबिँगाबाट ‘बुढी’ नामक पुतली तयार पारिन्छ । भदौ १ गतेका दिन बाटोबिच गाडेर राखिएको सो पुतलीलाई असोज १ गते साँझपख सामूहिक रूपमा राँको बालेर पोल्ने प्रचलन रहेको छ ।

धार्मिक विश्वास अनुसार बालबालिकालाई विषालु दूध खुवाएर मार्ने प्रयास गर्ने राक्षसी ‘पुतना’ को प्रतीक मानिन्छ । पौराणिक किंवदन्ती अनुसार भगवान् श्रीकृष्णले सो राक्षसीको वध गरेपछि सत्यको विजयको स्मरणार्थ यस पर्वको सुरुवात भएको मानिन्छ । 

प्रतिक्रिया