ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा बालेन र सुधनविरुद्ध जाहेरी, दर्ता बाँकी

बुधबार २२, असोज २०८२ ०४:०८

धनगढी । कैलालीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध जाहेरी परेको छ ।

एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका कैलाली अध्यक्ष कुवेर खड्काले किटानी जाहेरी दिएका हुन् ।

कैलाका एसपी नरेन्द्र चन्दले जाहेरी बुझेको तर, दर्ता हुन बाँकी रहेको जानकारी दिए । केन्द्रको निर्देशनअनुसार अघि बढ्ने उनले बताए ।

जेन-जी आन्दोलनमा हिंसा भड्काउन भूमिका खेलेकोले प्रमाणसहित जाहेरी दिएको अध्यक्ष खड्काले बताए । 

प्रतिक्रिया