ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरमा ‘सेटिङ’ मिलाएर भित्र्याइन्छ पटका, २८ लाख बढीका बरामद

सोमबार २७, असोज २०८२ १०:२३

धनगढी । कञ्चनपुरमा २८ लाख बढी मूल्यका पटका बरामद गरिएको छ । तिहारलाई लक्षित गरी भारतबाट अवैध रूपमा भित्र्याइएका पटका प्रहरीले बरामद गरेहो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी सागर बोहराका अनुसार भीमदत्त नगरपालिका–३ भाँसीका व्यवसायी खडक पालको घरबाट २८ लाख ९८ हजार ६५० बराबरका विभिन्न प्रकारका पटका बरामद गरिएको हो । प्रहरीले पाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको जानकारी दिएको छ । 

पक्राउ परेकामाथि मुलुकी अपराध संहिता २०७४ अनुसार विस्फोटक पदार्थसम्बन्धी कसुरमा कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

स्रोतका अनुसार भारतका सीमावर्ती बजार टनकपुर, बनबासा र खजुरिया लगायतबाट व्यापारीहरूले सामान ढुवानी गर्ने सवारीसाधनमार्फत पटका लगायतका सामग्री नेपाल भित्र्याउने गरेका छन् । 

यस्तै भन्सार राजस्व कटाएर अन्य सामानको विवरण दिई पटकासमेत लुकाएर ल्याइने गरेको पनि पाइएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीका सीमा चौकीहरू नजिकैबाट नै ती सामान सहजै नाका पार गरिन्छ । यसले सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीबीच ‘सेटिङ’ भएको आशंका बढेको छ ।

प्रतिक्रिया