धनगढी । नेपालमा लोकप्रिय मोटरसाइकल ब्रान्ड बजाजले कैलालीको धनगढीमा ‘ग्राण्ड एक्सचेन्ज मेला’ आयोजना गरेको छ । असोज २८ गतेदेखि धनगढीको कृषि सामाग्री संस्थान अगाडि सुरु भएको मेला कात्तिक २ गतेसम्म सञ्चालन हुने छ ।
धनगढीमा बजाजको आधिकारिक बिक्रेता जैमिनी अटोमोबाइल्स हो । उक्त अटोमोबाइल्सका प्रबन्ध निर्देशक कृष्ण बजगाईका अनुसार ‘ग्राण्ड एक्सचेन्ज मेला’मा पुराना मोटरसाइकल सजिलै एक्सचेन्ज गरी नयाँ बजाज मोटरसाइकल लान सकिन्छ । ग्राहकलाई लक्षित गरी ल्याइएको उक्त योजनामा आफ्नो पुरानो सवारीसाधनको उच्चतम् मूल्याङ्कन प्राप्त गर्न सकिने बताइएको छ ।
साथै, एडिस्नल भ्यालुएट १० हजारसम्मको, आकर्षक नगद छुट, फ्री एक्सेसरीज, र अन–द–स्पट फाइनान्स सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया