धनगढी । टिकटकर आँचल नाथको मृत्यु प्रकरणमा जिल्ला अदालत काठमाडौंमा पाँच जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका आधारमा उक्त मुद्दा दायर गरिएको हो ।
अदालतमा दायर मुद्दामा २६ वर्षीय सञ्जु विक, अनु भनिने उर्मिला विक, सरु भनिने सरस्वती भण्डारी, २२ वर्षीय राजेश बुढा र लक्ष्मी बुढालाई प्रतिवादी बनाइएको छ । उनीहरूमध्ये सञ्जु विक मात्र पक्राउ परेका छन् भने बाँकीलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।
केही म्युजिक भिडियोमा देखिएकी कञ्चनपुरकी आँचल मोडलिङमा समेत सक्रिय थिइन् । प्रहरीका अनुसार आँचलले शरीरमा पेट्रोल छर्किएर आफैँलाई आगो लगाएकी थिइन् । गम्भीर रूपमा घाइते भएपछि उनलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका लागि लगेका थिए । उपचारका क्रममा चिकित्सकहरूले उनको मृत्यु भएको घोषणा गरेका थिए ।
प्रतिक्रिया