धनगढी । अछामको तुर्माखाद गाउँपालिका–३ को भैरवस्थान प्रहरी चौकीका इन्चार्ज किसनबहादुर चन्दले १३ मंसिरको राति आफैंमाथि पेस्तोल चलाए । घटना भएको दिन चन्दले प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार गगन चन्दमाथि गोली प्रहार गर्न खोजेका थिए ।
तर प्रहरीको अनुसन्धानबाट हवल्दार भागेपछि असई चन्दले आफैँमाथि पेस्तोल प्रहार गरेको देखिएको छ । ‘असई चन्दले अमिताभ बच्चनको जस्तै एक्सन गर्न आउँछ भन्दै आफैंमाथि पेस्तोल ताकेको अवस्थामा पड्किएको देखिन्छ,’ प्रहरी स्रोतले भन्यो । चन्दले अन्य दुई प्रहरीलाई पनिसँगै राखेर आफूँलाई बच्चनको जस्तै एक्सन गर्न आउने बताएका थिए ।
यस्तै असई चन्दलाई संगठनबाट बर्खास्त गर्न सिफारिस गरिएको छ । घटनाको छानबिन गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले गठन गरेको प्रहरी उपरीक्षक (एसपी) बिनोद शर्मा नेतृत्वको समितिले चन्दलाई बर्खास्त गर्न सिफारिस गरेको हो ।
प्रतिक्रिया