कञ्चनपुर । प्रहरीले कञ्चनपुरका विभिन्न स्थानमा जुवा खेलिरहेको अवस्थामा एक सय १३ जनालाई पक्राउ गरेको छ ।
यसवर्षको तिहारको समयमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ११३ जनालाई पक्राउ गरी कारबाही गरिएको जनाएको हो ।
जुवा खालबाटै नगद सात लाख २९ हजार ५४६ रुपैयाँ बरामद गरिएको छ । यसवर्षको तिहारको समयमा जिल्ला स्थित भीमदत्त नगरपालिका, दोधारा चाँदनी नगरपालिका, बेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका र बेलडाँडी गाउँपालिकाका विभिन्न स्थानमा जुवा खेलिरहेका जुवाडेहरूलाई तिहारअघि र तिहारको अन्तिम दिन पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया