ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

उदाउँदो सूर्यलाई अर्घ्य दिएर बिदा गरियो छठ

मङ्गलबार ११, कार्तिक २०८२ ०८:५३

धनगढी । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ ।

उदाउँदो सूर्यलाई नदी किनारमा बसी पूजा आराधनासहित गाईको दूध, फूल र जलले अघ्र्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ ।

कैलालीको धनगढी भएर बग्ने मोहना नदीको छठी घाट्मा पनि उदाउँदो सूर्यलाई अर्घ्य दिइएको छ । मोहनामा केही दशकअघि पाँच वटा पालसहितको घर बनाएर छठ पर्व मनाउन सुरु गरिएकोमा यसवर्ष झण्डै तीन सय वटा पूजा कक्ष बनाइएको थियो । 

प्रतिक्रिया