ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डोटीमा मृत फेला परेकी शिक्षिकाको ‘सुसाइड नोट’मा के छ ?

बुधबार १२, कार्तिक २०८२ ०१:५७

धनगढी । डोटीको पुर्वीचौकी गाउँपालिका– १ तल्लो फुलौटकी २७ वर्षीया जानकी खड्का सोमबार मृत फेला परिन् । बाजुरको बुढीगंगा नगरपालिका– ५ मा रहेको भानोदय माविकी शिक्षिका खड्का घरभन्दा सात सय मिटर टाढा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । प्रारम्भिक अनुसन्धानबाट खड्काले आत्महत्या गरेको खुलेको डोटी प्रहरीले जनाएको छ । 

खड्काको सुसाइड नोट पनि फेला परेको प्रहरीले जनाएको छ । सुसाइड नोटमा उनले शिक्षा समन्वय इकाई डोटीमा कार्यरत शिक्षा अधिकृत गणेश रावलको नाम उल्लेख गरेकी छिन् । रावलले आफूलाई फसाउने काम गरेको सुसाइड नोटमा उल्लेख छ । ‘गणेश रावलले आफै फ्रेन्ड्स रिक्वस्ट पठाएको हो,’ खड्काले सुसाइड नोटमा भनेकी छिन्, ‘मैले उसलाई न भेटेको छु न देखेको छु । सबै उसका नाटक हुन्, मलाई फसाउने ।’ जानकीले इज्जत गुमाएर, नराम्रो संस्कार सिकाएर तथा कसैको श्रीमान र बुवा भइसकेको व्यक्तिसंग जीउन नसक्ने सुसाइड नोटमा लेखेकी छिन् । जानकीले सुसाइड नोटमा आफूले सपना पूरा गर्न नसकिएको भन्दै परिवासंग माफी मागेकी छिन् । सुसाइड नोटमा खड्काले आफ्नो आर्थिक हिसाबकिताब पनि उल्लेख गरेकी छिन् । 

रावलविरुद्ध मृतक खड्काका बुबा चक्रबहादुर खड्काले आत्महत्या दुरुत्साहन मुद्दामा प्रहरी कार्यालय डोटीमा जाहेरी दिएका छन् । जोहेरीपश्चात् ११ कात्तिकमा रावललाई पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रामचन्द्र जोशीले बताए । जाहेरीमा आफूसँग विवाह नगरे मारिदिने धम्की दिएपछि जानकी आत्महत्या गर्न बाध्य भएको उल्लेख छ । विवाहको प्रस्ताव अस्वीकार गरेपछि रावलले जानकीका भाइ प्रदीप खड्कालाई फोन गरेर ‘तिम्रो दिदीले मसँग विवाह नगरे मारिदिन्छु’ भन्दै धम्क्याएको विषय जाहेरीमा छ । रावलको निरन्तरको धम्कीपछि जानकीले आत्महत्या गरेको जाहेरीमा उल्लेख छ । 

पक्राउ परेका रावल डोटीकै शिखर नगरपालिका– ११ मल्लीसातका हुन् । उनी डिभोर्सी हुन् । उनका दुई सन्तान रहे पनि उनीहरू आमासँगै बसिरहेका छन् ।
 

प्रतिक्रिया