 
                                                                                    बैतडी । बैतडीको सुर्नया गाउँपालिकामा लागेको तालाबन्दी आजसम्म खुल्न सकेको छैन । सूचना उपलब्ध नगराएको भन्दै गत असोज २४ गते जेनजी समूहका युवाहरूले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए ।
आफूले माग गरेका सूचनाहरू उपलब्ध नगराएसम्म तालाबन्दी नखोल्ने अडान राखेका युवाहरूले आजसम्म ताला खुल्न सकेको छैन । तालाबन्दीका कारण सेवा प्रवाहमा समस्या भएको छ ।
गाउँपालिकाले यसबीचमा तालाबन्दी खोल्ने विषयमा बेलाबेला छलफल गरेको भए पनि सहमति हुन सकेको छैन । तालाबन्दी खोल्ने विषयमा आफूहरूले छलफल जारी राखेको गाउँपालिका उपाध्यक्ष मञ्जु बोहराले बताइन् ।
 
                                     
                
प्रतिक्रिया