ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा एकैदिन ४८ फरार प्रतिवादी पक्राउ

बुधबार ०३, मङि्सर २०८२ ०९:४३

धनगढी । कैलालीमा एकैदिन ४८ जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतका प्रहरी युनिटबाट खटिएको प्रहरी टोलीले मंगलबार ४८ जना फरार प्रतिवादी पक्राउ गरेको हो ।

‘फैसला कार्यान्वयनअन्तर्गत जिल्ला अदालत कैलालीले विभिन्न मितिमा फैसला गरी कैद, जरिवाना भुक्तान नगरी फरार रहेका ४२ प्रतिवादीलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले भने । 

डीएसपी सिंहका अनुसार इलाका प्रहरी कार्यालय मालाखेतीले २२ जना, धनगढीबाट ८ जना, भजनीबाट ५ जना, टीकापुरबाट ४ जना र बौनियाबाट ३ जनालाई पक्राउ गरिएको हो ।

‘लागुऔषध दुव्र्यशनी र कुटपिट लगायतका विभित्र मुद्दामा अदालतबाट सजाय पाएर फरार रहेकाहरूलाई पक्राउ गरिएको हो,’ डीएसपी सिंहले भने, ‘उनीहरु जेन–जी आन्दोलनमा कारागारबाट भागेका कैदीबन्दी भने होइनन् ।’

प्रतिक्रिया